१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ओलीजस्तो निडर प्रधानमन्त्री भोलि पाइदैन, दालमोठ चिउरा खाँदै कालापानी जान तयार छौँः नेता श्रेष्ठ


८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अनुजकुमार श्रेष्ठले कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिन दालमोठ चिउरा खाएरै योगदान गर्न तयार रहेको बताएका छन । २०५५ सालमा युवाहरूको मार्च पासमा समेत दालमोठ चिउरा खाँदै कालापानी पुगेका श्रेष्ठले दैनिकीसँग कुरा गर्दै फेरि देशका निम्ति योगदान गर्न तयार रहेको बताएका हुन ।

उनले इतिहासमै पहिलो पटक केपी ओलीजस्तो निडर र निर्णय क्षमता भएको प्रधानमन्त्री देशले पाएको भन्दै गुमेको नेपाली भूमि फिर्ता ल्याउन देशनै एकतावद्ध हुनुपर्ने बताए । उनले २०५५ जेठ २२ देखि असार ५ सम्म गरेको कालापानीको मार्चपास सम्झदैँ त्यो कालमा त हामी कालापानी पुग्यौँ भने अहिले जान किन डराउने ?

नेता श्रेष्ठले देशले सही नेतृत्व पाएको समयमा जनताले पनि सत्मार्गमा साथ दिनुपर्ने बताए । विगतका नेतृत्वले भारतसँग शीर ठाडो पारेरमात्रै बोल्न नसकीरहेको अवस्थामा वर्तमान सरकारले जति गरेको छ त्यो इतिहासको पानामा स्वर्ण अक्षरले लेखिने बताए । उनले महिला भएर पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बढुलेको सहास समेत भविष्यका लागि मार्गदर्शन हुने बताए ।

२०५५ सालमा कालापानी क्षेत्रमा अाफ्नो शिरको छत्रे टोपीमा दालमोठ चिउरा खाँदै (बीचमा) अनुजकुमार श्रेष्ठ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार २०:२५