१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चुनावमा रामशरण महत लखेटिएको ककनीमा राहतको दाल र चामल पानी ट्याङ्कीमा भेट्टियो


८ जेठ, काठमाडाैँ । गत निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिकामा पूर्व अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डा रामशरण महत लखेटिएको गाउँमा पानी ट्याङ्कीमा राहतको दाल र चामल पानीमा भेट्टिएको छ । ककनी गाउँपालिका वडा नम्बर १ को कागतीगाउँमा रहेको भवानी माविको पानी ट्याङ्कीमा राहतको दाल र चामल लुकाएर राखेको अवस्थामा भेटिएको हो ।

विपद् व्यवस्थापन समितिले जनतालाइ राहत दिन भनेर ल्याएको दाल र चामल पानीको ट्याङ्कीको भेटिएको स्थानीय शुभलाल बलामीले समाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै जानकारी दिएका छन । उनका अनुसार ९ बाेरा चामल र १ बाेरा दाल पानी ट्याङ्कीमा लुकाएको अवस्थामा भेटिएको हो । त्यही भवानी माविको छेउमा चुनावको समयमा पूर्व अर्थमन्त्री महत माथि दूर्व्यवहार गर्दै लखेट्ने काम भएको थियो ।

कुनै समय बालबिबाहका कारण चर्चामा रहेको गागती गाउँ पछिल्लो समय फोहोरमैला व्यवस्थापनको विवादले पनि चर्चामा अाउने गरेको थियो । जनतालाइ राहत दिन किनिएको चामल कसले त्यसरी पानी ट्यांकीमा लगेर लुकायो त ? अहिलेको मुल प्रश्न यही हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार २१:२९