६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेपाली महिलाहरूलाई अपमान गरेकाे भन्दै भारतिय अभिनेत्री अनुष्कालाई पठाइयाे ‘लिगल नोटिस’


८ जेठ, एजेन्सी । ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नायिकालाई ‘लिगल नोटिस’ पठाइएको छ । लिगल नोटिस कानूनी उपचार थाल्नुअघि विपक्षीलाई यसबारे जानकारी दिने हेतुले पठाइने गरिन्छ ।

वकिल समाजका एक सदस्य एवं प्रणय राय एण्ड असोसिएट्सको चेम्बरसँग जोडिएका वकिल विरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् । गुरुङले सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्।’ शब्दले पूरा नेपाली समुदायको अपमान गर्ने बताएका छन् । उनका अनुसार एक भिडियो क्लिपमा सोधपुछको क्रममा महिला पुलिस अधिकारीले नेपाली पात्रमाथि जातीवादी गालीको प्रयोग गरिएकाे छ  ।

नेपाली शब्दको मात्रै प्रयोग गरिएको भए त्यसमा कुनै समस्या बताउँदै उनले त्यसपछि प्रयोग गरिएको शब्द अस्विकार्य भएकाे बताएका छन् । उक्त सीरियलकी निर्माता अनुष्का भएकाले उनलाई नोटिस पठाइएकाे गुरुङकाे भनाई छ । यसविषयमा नायिकाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गोर्खा कम्युनिटीले पनि यो संवादमा आपत्ति जनाउँदै संवाद हटाउन माग गरेका छन् । उनीहरूले १८ मे मा अनलाइन पिटिसनमार्फत उक्त संवादबारे आपत्ति जनाएका हुन् । अनुष्काको यस संवादबारे केही नेपाली अभिनेत्रीहरूले पनि सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार ११:२२