१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

उपप्रधानमन्त्री पोखरेलको चेतावनीः अपमान गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन्


८ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले अपमानगर्न खोजे नेपालीहरूले कदापि नसहने बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेख्दै उपप्रधानमन्त्री पोखरेलले नेपालीले अरू माथि अपमानजनक व्यवहार नगर्ने र अरूको अपमान पनि नसहने उल्लेख गरेका छन ।

उपप्रधानमन्त्री पोखरेलले यस्तो उल्लेख गरेका छन ‘हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं,कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं !नेपालको स्वतन्त्र ,विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन / अपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं !’

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १०:१४