७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोरोना भाइरसबाट आतंकित हैन सतर्क बनौँ


-प्रा. डा. एकारत्न आचार्य

१. कोरोनाभाइरस भनेको के हो ?

उत्तर: कोरोनाभाइरस, भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि मर्स कोरोनाभाइरस सम्म हुन्छ । संस्कृत, ल्याटिन, ग्रीक र बिभिन्न भाषामा यसको अर्थ बिषालु तरल पदार्थ वा बिष भन्ने देखिन्छ । रेस्पीरेटरी सिंड्रोम कोरोनाभाइरस र सार्सको गम्भिर तीव्र स्वास प्रस्वासको सिन्ड्रोम कोरोनाभाइरस हो, यसले स्वासप्रस्वासमै आक्रमण गर्छ, निमोनिया बनाउछ । यो भाइरसले छोएपछी १०४ (?) डिग्री फरेनहाइट सम्म जोरो आउने , सास फेर्न गारो हुने , सुख्खा खोकी लाग्ने , छाती दुख्ने , स्मरण सक्ति कम हुने, ओठ निलो हुने, थकाई लाग्ने आदि सुनिदै आएका तथ्यहरु हुन् । यसका लक्षण नदेखिए पनि अरुमा सर्न सक्छ, सराई अवधि १४ दिन वा सो भन्दा माथि पनि देखिइ रहेको छ । सराई अवधिमा एक रुपता देखियको छैन । तथापी १४ दिनलाई यसको सराई अवधि मान्ने गरिएको छ । यसले वातवरण अनुसार आफ्नु रुप पनि बदल्न सक्ने देखिन्छ । अत: यो एक खतरनाक सरुवा रोग हो र यो प्राय सबै रुपको पदार्थको सतहमा रहन सक्छ, त्यसैले निकै खतरनाक र घातक जीवाणु (भाइरस) हो । यो अहिले नोबल कोरोना भाइरस नामले प्रख्यात छ । जसलाई कोभिड-१९ पनि भनिन्छ ।

२. यसबाट डराउन पर्छ त ?
उत्तर : यो आफै खोजि खोजि आउन्न हामी लापरवाही गरे यसले पक्ष्याउंदै आउँछ । हो त्यसैले पक्ष्याउंदै आउने कुरामा डरउन पर्यो नि त । अनि सुरक्षित तरिकाले लकडाउनमा बसेमा डराउन पर्दैन, तर होसियारी र पथ परेजमा बस्नै पर्छ । तसर्थ यसबाट आतंकित हुने होइन तर प्रशस्त सावधानी र सतर्कता अपनाउनै पर्छ ! पर्छ !! र पर्छ !!!

सबैले सेल्फ क्वारेन्टिनमा बसौं । मेसेन्जेर, फोन प्रयोग गरौँ , भेट्न परे कम्तिमा ६ फिटको दुरीमा बसेर मास्क लगाएर खुला ठाउँमा मात्र कुरा गरौं । बालबच्चा र बृद्धको ख्याल गरौं । अनाबस्यक रुपमा बालबच्चा र बृद्धको शरीर र अनुहार नछोउं छुनै परे साबुन पानीले २० सेकेन्ड मिचिमिचि हात धोयेसी मात्र छोउं । कसैले एक अर्काको जुठो नखाउं, नखुआउं । नाक, मुख र आँखा खाली हातले नछोउं । महिला कम संक्रमित देखियका छन् , यो राम्रो पक्ष हो । महिलाभन्दा पुरुष बढी संक्रमित भएकोले पुरुष बढि जिम्मेवार र सतर्क बन्नै पर्ने देखिएको छ, सबैले समयमै ख्याल गरौं ।

३. कोरोनाभाइरस कहाँबाट आउँछ ?
उत्तर : कोरोनाभाइरसबाट जनावर र मानिस संक्रमित भएर बसेका हुन्छन् । त्यस्ता जनावर वा मानिससंगको सम्पर्कले कोविड-१९ सर्न सक्छ र यसले महामारीको रुप लिन्छ । संक्रमण भएका जनावर वा मानिसबाट अरु स्वस्थ जनावर वा मानिसमा यो सर्छ । अत: जनावर-जनावारबीच , जनाबार-मानिसबिच, र मानिस-मानिस बीच र मानिस-जनावरबीच प्रसारण हुन्छ वा सर्छ । हामी त्यसलाई सिम्पल ओभर घटना भन्छौं। तर यो निकै भयाबह स्थितिमा विस्वभर फैलिइरहेको छ ।

४. हामी कसरी आफूलाई कोरोनाभाइरसबाट जोगाउन सक्छौ ?

उत्तर: कोरोनाभाइरस सामान्यतया श्वासको लक्षणहरूको कारण जोरोको रुपमा देखिन्छ । यो हातबाट धेरै मात्रामा सर्छ त्यसैले आधारभूत हात सफा राख्न पहिलो सिफारिस गर्नु पर्छ र आफुले पनि पालन गर्नु पर्छ । त्यस्तै साबुनपानीले आफ्नो हात धुने र अरुसंग नजिक नबस्ने; हाच्छ्यु गर्दा कुहिनाले छेकेर वा आफ्नो रुमालभित्र मात्र हाच्छ्यु गरौं । जहाँ पायो त्यहाँ नथुक्ने । सम्भावित पशु वा मानिसबाट आफूलाई बचाउने तरिकाहरू अपनाउने । जस्तै : कम्तिमा ३-६ फिटको दुरीमा बस्ने, जनावरहरूसँगको असुरक्षित सम्पर्क नगर्ने र जनावरसंग दुनदान , घाँस-पराल गर्दा सम्पर्क भएपछी आफ्नो हातहरू साबुन पानीले राम्ररी धुनुपर्छ । घरबाट बाहिर जादै नजाने जानइ परे मास्क र सानीटाइजर लगाएर जाने आउदा राम्ररी नुहाई हातखुट्टा धोईओरि घरभित्र पस्ने । सकभर अलग अलग रुपमा बस्ने । मासु उपभोग गर्नु अघि राम्ररी पकाएर मात्र खाने । संक्रमित जनावरको मासु नखाने मात्र होइन त्यो छुदै नछुने ।

५. के त्यहाँ उपचार छ ?

उत्तर: कोरोना भाइरसको लागि कुनै खास भाक्सिन बनिसकेको छैन तथापी उपचार भैरहेको छ । लक्षणहरु देखिएमा आत्मबल बढाएर ज्वरो झार्ने औषधि खाने, ज्वानो, टिमुर, लसुन, तुलसी, अदुवा, गुर्जो आदि नेपाली हर्ब्स जडिबुटीहरु राखेर तातो पानी र झोलिलो खानेकुरा खाने । संक्रमित भएमा स्वस्थ्यकर्मीले भने अनुसार आइसोलेशंन्मा बसी उपचार गर्न सकिन्छ र निको हुन्छ भन्ने देखिएको छ । अत: साबधानीसाथ संयमित बनौं आतंकित नबनौं , कोरोनाबाट बचौं र बचाऔँ । ज्वरो आउंँदैमा हतारिन पर्दैन, घरयासी उपचारलाई पनि अवलम्बन गर्दै गरौं, लक्षणहरु ख्याल गरौं । अन्त्यमा सबैमा सुस्वास्थ्यको कामना ।

(सह-निर्देशक, ग्राजुयट स्कुल अफ एजुकेशन-त्रि. वि.,किर्तिपुर)

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १०:००