७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कूटनीतिक संवादमार्फत सीमा विवाद समाधान गर्न भारत तयार, नयाँ नक्सामा आफ्नो भूमि परेको दाबी


७ जेठ, काठमाडाैँ । कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्न भारत तयार देखिएको छ । नेपालको नयाँ राजनीतिक नक्सा जारी भएपछि प्रतिक्रिया जनाउँदै उसले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण नेपाली पक्षले बनाउने विश्वास व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमाको विवाद कुटनीतिक संवाद मार्फत नै गर्नुपर्नेमा जोड दिएका छन ।

नेपालको नयाँ नक्सा भारतले स्वीकार्न नसक्ने बताउँदै उनले तथ्य र प्रमाण बिना नै भारतीय भूमि नेपालको नक्सामा परेको उल्लेख गरेका छन । भारतले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार २१:३५