११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


६ जेठ, काठमाडाैँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो ।


नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएकाे थियाे । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १५:२५