८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि पनि फिर्ता गराउँछुः प्रधानमन्त्री ओली


६ जेठ, काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कलापानी, लिपुलेक र लिम्पियाधुराको भूमि पनि फिर्ता गराउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमिको जमिन पनि फिर्ता गराउने दृढता व्यक्त गरे । उनले नक्सा मन्त्रिपरिषद्बाट पारित भैसकेको भन्दै आज या भोलिमै नक्सा प्रकाशित हुने बताए । उनले यस विषयमा सबैको साथ रहने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्रीले सोही क्रममा भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताए । प्रधानमन्त्रीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको भन्बदै प्रधानमन्त्रीले यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १३:२७