७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारले नीति तथा कार्यक्रममा छलछामको व्यवहार नदेखाई यथार्थ चित्रण गरेको छ: प्रधानमन्त्री ओली


६ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतासँग कुनै छलछामको व्यवहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले कतिपयले कारोनापछि प्याकेजको कुरा गरेको भन्दै प्याकेज देखाउने कुरा नभएको भन्दै त्यो व्यहारमा लागु हुनेगरी हुनुपर्ने बताउनुभयाे ।

सकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएकाे हाे । ‘प्याकेज देखाउने होइन । हामी जहाँ छौँ जस्तो अवस्थामा छौँ । आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुँदैन । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं । गरिवलाई सहारा दिने कोही छैन र काम पनि गर्न सक्दैन भने त्यस्तो मानिससँग श्रमको अपेक्षा गर्न सक्दैन त्यस्तालाई सरकारले सोचिरहेको छ’, प्रधानमनत्री भन्नुभयाे ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १३:१५