१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री ओलीले संसदमा सम्बाेधन गर्दै, नयाँ नक्साको विषय पनि जानकारी गराउने


६ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बाेधन गर्ने भएका छन । मध्यान्ह १२ बजे बस्ने संसदको बैठकमा प्रधनमन्त्रीले सम्बाेधन गर्ने कार्यसूची रहेको छ । सम्बाेधनका क्रममा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको नयाँ नक्सा जारी गर्ने निर्णयको बारेका पनि जानकारी गराउने बुझिएको छ ।

बैठकमा प्रधनमन्त्री सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको समेत जवाफ दिनेछन । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिएपछि प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ०९:४९