८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल


६ जेठ, काठमाडाैँ । कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल भएको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको खोपको मानिसमा सफल परीक्षण भएको हो । वैज्ञानिकहरूले अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको दाबी गरेका छन ।

मोडेर्नाले सोमबार साँझ दिएको जानकारी अनुसार एमआरएनए-१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको छ । खोपले कोरोना भाइरसविरूद्धको रोग प्रतिरोधात्मक क्षमता समेत बृद्धि गरेको अनुसन्धानले देखाएको छ । उनीहरूले पहिलो चरणमा ८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट खोप सुरक्षित देखिएको र रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको दाबी गरेका छन ।

तत्काल कोरोनाविरूद्धकाे खेपमा अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले दाबी गरेका छन्। उनले खोपको थप परीक्षणपछि बजारमा ल्याउन सकिने बताएका छन । उनले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताए । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ०८:४१