६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

मेरो उमेरमा पहिलो पटक गर्वको अनुभुति भयो, केपी ओलीज्यू खुट्टा नकमाउनुसः नेता भण्डारी


५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा जारी गरेर आम नेपालीलाई गर्वको अनुभुति दिलाएको बताउनु भएको छ । मन्त्रिपरिषदले नक्सा पारित गरेलगत्तै भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले  उल्लेख गर्नुभएको छ ‘सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ । देशको हितमा बोल्दा बिपी कोइरालाको सरकार अपदस्त भयो । कृष्णप्रसाद भठ्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो दैशमा । मैले पनि अनुभूति गरेको छु । पहिलो पटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्री केपी ओलीज्यू तपाई र मेरो सैद्धान्तिक धरातल फरक हो तर नेपाल आमा एउटै हुन । खुट्टा नकपाउनु होला, भष्ट्राचारीलाई पनि नछाड्नु होला ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २२:५९