१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सरकारलाई धन्यवाद दिँदै अनेरास्ववियूले भन्यो ‘अब लिम्पियाधुरामा सशस्त्र प्रहरीको गण राखाैँ’


५ जेठ, काठमाडाैँ । अनेरास्ववीयूका संयोजक ऐन महरले सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेकोमा सरकारको प्रशंशा गर्दै धन्यवाद दिएका छन । उनले सरकाले देशभक्तिपूर्ण काम गरेको भन्दै नयाँ नक्सा प्रयोग गर्दै लिम्पियाधुराबाट भारतीय सेना हटाएर नेपालको सशस्त्र प्रहरीको गण राख्नुपर्ने प्रस्ताव समेत गरेका छन ।

महरले सामाजिक सञ्जाल फेसबुकमा यस्तोट टिप्पणी गरेका छन,

अनेरास्ववियूले स्थापनाकाल देखि राष्ट्रियताको पहरेदारको रुपमा निरन्तर संघर्ष गरिरहेको छ। हामिले लामो समय देखि लिपुलेख कालापानी र लिम्पियाधुरा नेपालका भुमी हुन र भारतिय सेना त्यहाँ बाट हट्नु पर्छ र त्यो क्षेत्र समेत समेटेर नेपालको नक्सा जारी गर्नु पर्छ भनेर देशभक्ति पुर्ण आन्दोलनको ज्वारभाटा सिर्जना गर्यौं। अनेरास्ववियूले २०५५ सालमा कालापानी मार्च गर्यो र भारतिय सेना कालापानी छोड भनेर खुकुरी प्रदर्शन गर्यो ।

यो भन्दा अगाडि सम्मका सरकारले सुन्दै सुनेनन। देशभक्त र राष्ट्रियताको जगमा निर्माण भएको यो केपि ओलि नेतृत्वको नेकपाको सरकारले आज लिपुलेख, कालापानी र लिम्पियाधुरा समेतलाई समेटेर नेपालको पुर्ण नक्सा प्रकाशित गर्ने ऐतिहासिक निर्णय गरेको छ। नेपाल सरकारलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु र सम्पुर्ण देशभक्त विद्यार्थी एवं नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । अब छिट्टै यो सरकारले कुटनैतिक पहलका माध्यमबाट लिपुलेख कालापानी र लिम्पियाधुरा बाट भारतिय सैनिक हटाएर नेपालको शसस्त्र प्रहरिबलको गण स्थापना गर्न सफल हुनेछ भन्ने बिश्वास लिएको छु।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २२:५०