१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अतिक्रमित भूमि माग्दै कालापानी पुगेका योगेश नयाँ नक्सा जारी गर्दा सरकारमा, यसरी सम्झिए विगत


५ जेठ, काठमाडाैँ । तत्कालीन समयमा अनेरास्ववियूको नेतृत्व गर्दै अतिक्रमित जमिन माग्दै कालापानी पुगेका वर्तनमान संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराइ संयोगले नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्को सदस्यको रूपमा सहभागी भएका छन । सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि खुशीले मन्त्री भट्टराइले विगत यसरी सम्झिएका छन ।

काठमान्डौ – कालापानी
२०५५ साल जेष्ठ २२ गतेदेखि असार ५ गतेसम्म बिद्यार्थी र पत्रकार सहित ५७ जनाको टोलीले काठमान्डौदेखि कालापानीसम्मको मार्च गरेको थियो । अनेरास्वबियूको तत्कालिन अध्यक्षका हैसियतले मैले उक्त मार्चको नेत्रित्व गरेको थिएँ । काठमान्डौदेखि गोकुलेसम्म बसद्वारा र त्यहाँबाट कालापानीसम्म पैदाल यात्रा गरिएको थियो । भौगोलिक बिकटता र अत्यन्तै जोखिमपूर्ण बाटो अनि खाने बस्ने ठाउँको अभाबका कारण यात्रा कठिन थियो । तर मिचिएको नेपाली भुमी कालापानी क्षेत्र नेपाललाई फर्काउनु पर्ने अत्यन्तै देशभक्तिपूर्ण माग अनि ठाउँ ठाउँमा स्थानीय दिदिबहिनी तथा दाजुभाईहरुले गर्नु भएको सहयोगले हाम्रो गन्तब्यलाई संभब बनाएको थियो ।

कालापानी हाम्रो हो, छोड् हाम्रो ठाउँ,

भारतीय सेना हो, आफ्नै ठाउँमा जाउ

हामीले काठमान्डौदेखि कालापानीसम्म गाएको गीत यहि थियो । जो पछि देशब्यापी बन्यो । जन जनमा गुन्जियो । आज कालापानी सहित मिचिएको लिम्पियाधुरासम्मको नेपालको नक्शा जारी गर्ने मन्त्रिपरिसदले निर्णय गर्दाको क्षणमा मन्त्रीका रुपमा सो बैठकमा सहभागि हुँदा गर्बको अनुभुती गरेको छु । कालापानी यात्रामा संगै रहनुभएका सबै साथीहरुको गहिरो संझना भाईरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २१:४५