८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाको पुनर्गठनले जबजको सारतत्व र भण्डारीका योगदानलाई अझै बढी स्थापित गर्योः नेता थापा


६ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापाले एमाले र मओवादीको एकीकरण भएर नेकपा पुनर्गठन हुँदा जनताको बहुदलीय जनवाद (जबज)को सारतत्वलाई अझै बढी स्थापित गरेको बताएका छन । आइतबार बिज एफएफ ९४.९ को बिज विशेषमा कुरा गर्दै केन्द्रीय सदस्य थापाले नेकपाको पुनर्गठनले जबजको सारतत्व र मदन भण्डारीका योगदानलाई अझै बढी स्थापित गरेको बताए ।

उनले भने ‘ एकताका लागि लेनिन जयन्ती, माक्र्स जयन्ती र फागुन १ का पनि कुरा न उठेका होइनन् तर जेठ ३ नै किन रोजियो भन्ने कुरालाई बुझ्नु आवश्यक छ । मदन भण्डारीको महत्वलाई अझै दर्शाउन र उहाँले सोचेर पूरा हुन नसकेका उद्देश्य पूरा गर्न पार्टी एकीकरणको साइत जेठ ३ लाई नै रोजिएको छ ।’

थापासँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १७:१४