१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कोरोनाले सिर्जना गरेका आर्थिक अवसरहरू


-राधा कृष्ण गिरी

भूकम्प र नाकाबन्दीको कहरबाट उठ्दै गरेका हामी पुन: अर्को कोरोनाको महामारी झल्दै छौँ । सन् २०१९ डिसेम्बर अन्त्य तिर चीनको बुहानबाट सुरु भएको आज विश्व भरि फैलीसकेको छ । आजको दिनसम्म(बैशाख २५) नेपालम ९९ जना संक्रमित भैसकेका छन। र, देश बाहिर करिब १ हजार भन्दा बढी संक्रमित भएक छन् भने ७३ जना को मृत्यु भैसकेको छ ।

देशमा आज बन्दाबन्दी (लकडाउन) भएको ४५ दिन पुगेको छ । देशको सबै क्षेत्र ठप्प भएका छन, जसमा आर्थिक क्षेत्र समेत प्रभावित छ। उद्योग, कलकारखानाहरू ४५ दिनपछि खुल्नेक्रममा रहेका छन । नेपालीहरु दैनिक आवश्यकता पुर्ति गर्नतर्फ लागेका छन । अझै कोरोना भाइरस बिरुद्धको खोप बनेको छैन्, कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन ।

यसै सन्दर्भमा नेपाल जस्तो अल्पविकसित मुलुकको आर्थिक क्षेत्रमा बन्दाबन्दीले व्यापक असर पर्ने निश्चित छ । घट्दो गरिबी दर पुन: बढ्ने देखिन्छ । करिब ७% निम्न मध्यम वर्ग पुनः गरिबीको रेखा मुनि पुग्ने खतरा रहेको छ। केही उद्योग स्थायी रुपमा नै बन्द हुने अवस्था सिर्जना भएको छ ।

श्रमिकहरुले रोजगारी अवसर गुमाउने प्रवल सम्भावना छ । कुल ग्राहस्थ उत्पादनमा झन्डै ९.७% योगदान दिने पर्यटन क्षेत्र थला परेको छ । रेमिटान्स झण्डै ३५% ले घट्ने आँकलन गरिएको छ । खाडी र अन्य मुलुकबाट झण्डै ५० हजार श्रमिक फर्कने आँकलन गरिएको छ । अझै केही वर्ष त्यता रोजगारी सिर्जना हुने अवस्था छैन । युरोप लगायतका पश्चिमा देशहरूमा आर्थिक मन्दी सुरु भैसकेको छ । अर्थविद्हरुले यो सन् २००८/९ को भन्दा खराब अबस्थामा पुग्न सक्ने आँकलन गरेका छन् ।

यसले हाम्रो आर्थिक प्रणालीमा गहिरो प्रभाव पार्दैछ। कोरोना पछिको आर्थिक अबस्था नकारात्मक मात्रै हुन्छ त ? हरेक समस्याले समाधान लिएर आउँछ भन्ने एउटा भनाई नै छ। कोरोना प्रभाव सुरु भए पछि हाम्रो पेट्रोलियम पदार्थको प्रयोग ३० वर्ष पछि कम भएको छ यस्ले हाम्रो जस्तो मुलुकमा ठुला ठुला पुर्बाधार निर्माण गर्न लागत कम पर्न जाने छ। पेट्रोलियम पदार्थमा खर्च हुने वैदेशिक मुद्रा बचत हुनेछ र सोधानान्तर बचत गर्ने छ । अहिले जुन निर्माण क्षेत्रमा श्रमिक समस्या छ त्यो वैदेशिक रोजगारीमा गएर कम मुल्यमा काम गर्ने श्रमिकले पूरा गर्ने छन, युवा नहुदा सामाजिक रुपमा जुन खाडल परेको छ, त्यो केहि हद सम्म पुर्ती हुने सम्भावना छ।

अर्को आयाम भनेको शिक्षा क्षेत्रमा छ। यसको लागि शिक्षा प्रणाली र प्रविधि परिवर्तन आवश्यक छ । यसले एकातिर विदेशिने रकम बचत गर्ने छ भने अर्को तर्फ रोजगारी सिर्जना गर्ने छ । सक्षम युवा पुस्तालाई देशमै रहने वातावरणमा बनाउने छ। हाम्रा विश्वविद्यालयहरु प्रतिस्पर्धीहुन जरुरी छ।

अर्को अबसरको क्षेत्र भनेको स्वास्थ क्षेत्र हो प्राकृतिक वातानुकुल मुलुकमा स्वास्थ क्षेत्रमा थप लगानी गरेर भारत जस्तो ठूलो जनसंख्या भएको मुलुकको बिरामी आकर्षित गर्न सकिन्छ । गत फागुनको अन्त्यतिर प्रधानमन्त्रीले दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेर हाम्रा स्वास्थकर्मी सक्षम छन भन्ने सन्देश विश्व बजारलाई दिइसकेको छौ। यो तत्काल गर्न सकिने क्षेत्र हो मात्र हाम्रा मेडिकल क्षेत्रका लगानीकर्ताहरु एम्बुलेन्स चालकसँग बिरामी किनबेच गर्ने सोचाइबाट माथी उठन पर्यो ।

हामी बिश्व बजारसँग प्रतिस्पर्धा गर्न सकिने अर्को क्षेत्र प्रकृति र सँस्कृति हुन । कोरोनाको सबैभन्दा प्रताडित क्षेत्र पर्यटन हो तर पनि हाम्रो प्रकृति र सस्कृती को सम्मोहन बिश्व बजारमा छुट्टै छ। उद्योग, कलकारखाना आदि नचल्दा प्रदुषण कम भएको छ। जसले गर्दा प्रकृतिमा झनै सुन्दरता थपिएको छ। कोरोनाको पीडाबाट मानसिक रुपमा बाहिर निस्कन सहयोग गर्ने प्रकृति र सँस्कृती हामी संग छ, मात्र विज्ञापन र ब्यबस्थापनको खाचो छ। यसबाट वैदेसिक मुद्रा बचतमा दबाब कम हुने छ। आउने पर्यटकीय सिजनबाट नै घाटापुर्तिको सुरुवात हुनेछ ।

कोरोना कहर पछि
– हाम्रो केही आनि बानी र सोचाइ परिवर्तन हुने छन्।
– हाम्रो प्राथमिकता कृषिमा हुने छ।
– सामाजिक उत्तरदायीत्व बहन गर्न सिक्ने छौ।
– हामी बिस्तारै इ-कमर्स तिर अघि बड्दैछौ।
– युवा पुस्ताले नयाँ-नयाँ स्टार्ट-अप ब्यबसाय थालेका छन । – हाम्रो उपभोक्ता बचत बढ्ने छ।

हामी संग पुँजिको कमि छैन भन्ने कुरा चैत्र को पहिलो साता निष्कासन गरेको पुनर्बिमा कम्पनिको साधारण सेयर निषकासनमा झन्डै ४ गुणा बढि आबेदन हुनुले प्रमाणित गरेको छ। कोरोना सुरु हुनु भन्दा अगाडिनै बैंकमा तरलता सहज हुँदै गएको थियो, र क्रमस ब्याजदर घट्दै थियो । अहिले झण्डै १ खर्ब रुपैया तरलता छ । हाम्रो सोधानान्तर बचतमा दबाब छैन अझै ६ महिना पुग्ने बचत छ। यसै बीच युरोपेली युनियन, अन्तरास्ट्रिय मुद्राकोष र विश्व बैंकबाट अनुदान र ऋण सम्झौता भएका छन।

उर्जा अब हाम्रो समस्या रहेन यसै बर्ष देखि बर्षायाममा भारतबाट विद्युत खरिद गर्न आबश्यक देखिदैन । अझ माथिल्लो तामाकोसीको काम ९५% भन्दा बढि सकिसकेको अवस्था छ। यो सन्चालान हुन थाले पछि नगदप्रवाह प्रशस्त हुने छ। भुकम्पमा नबिकेको विद्युतिय चिल्हो आंशिक रुपले बिक्रि भएको छ, जुन महत्त्वपूर्ण कुरा हो। यसले आउने दिनमा उर्जाको लागि खर्च हुने वैदेशिक मुद्रा बचत हुने छ, र यस्ले सोधानान्तर बचतमा ठूलो योगदान दिने छ।

कोरोना पछिको अर्को आयाम राज्य विकेन्द्रीकरणमा जाने तर जनता सहरी क्षेत्रमा केन्द्रित हुने अबस्थामा पुनर्बिचार भएको छ । कोरोना कहरमा गाउँ गएका कम्तिमा ५-१०% जनता शहर नफर्कने आँकलन सरकारी अधिकारीहरुले गरेका छन् । यसले ग्रामीण क्षेत्र बिकास र सामजिक स्थायित्वमा योगदान दिने नै छ। हामी बजेटको पूर्व सन्धामा छौँ । केही ब्यक्तिगत कमजोरिको बाबजुत अर्थतन्त्र बुझेका र देशलाइ धोका दिदैनन भन्ने अनुभुती दिने ब्यक्ती अर्थमन्त्री पाएका छौँँ । प्रदेश र स्थानीय तह काम गर्ने मेसो मिल्दै जान थालेको छ । जसले कोरोना ब्यबस्थापनमा सफलता हासिल गर्दैछन्। त्यसैले कोरोनाले समस्या मात्र हैन अवसर साथमा लिएर आएको छ । मात्र हाम्रो इच्छाशक्ति र ब्यबस्थापनको खाँचो छ । हामी फेरि उठने छौँ !!!

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १७:१०