Logo

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



२५ वैशाख, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल हुने भएको छ । संसद सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदका दुवै सदनको सयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार छलफल गर्नुभएकाे हाे । प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ । राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेश गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १५:०५
प्रतिक्रिया दिनुहोस्