१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दोस्रो पटक मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्रीको पहिलो गीत ‘म त भाग्यमानी’


-केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

– २४ फागुन २०७६
सीसीयू, टीयूटीएच

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १७:२०