८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

-माधवप्रसाद उपाध्याय खनाल

चिनमा जन्मियो रोग सन्सनी फैलदै गयो

विश्व नै थर्काउने अहिले कोरोना भाईरसै त हो

स्वर्गिय भोगका निम्ती लड्दथे देब दानब

कोरोना संग नै अहिले लड्दैछन बिश्व मानब

नखाउँ त मासी खाना सात्विकि बन्नु पर्दछ

गर्ला बिध्वंशनै यस्ले पहिल्यै होस गर्नु पर्दछ

धोऔँ साबुनपानीले हात राम्रो मिचिमिचि

माक्स लगाउनु मुखमा नगरुन अरुले खिसि

नजाउँ भिडमा हामी छोडौं हात मिलाउन

नमस्कार गरे हुन्छ पर्दैन मुड्की ताकन

रुवायो रोगले धेरै नेपाली देशमा पसे

पाएनन् ती घर जानक्वारेन्टाईनमै बसे

नगरौ हेलचक्रयाँई हुन्न केहि पथ्यमा बसे

अझै के सुन्न पर्ने हो धेरै मानिस गैसके

लकडाउन हुनगो अहिले यज्ञ कर्मादि बन्द भो

डाउन अपहुनि हो कैले केहि थाहै नहुने भो

बिश्वयुद्ध महा यस्तो क्यै डर मान्दैनथे बरु

संसारै त्रस्त भो अहिले यसकाे ब्याख्या म के गरुँ

कोरोना रोगले ग्रस्त सारा संसार भैेसक्यो

संख्या दिनदिन बढ्दो छ हजारौं हुन्छ झैं भयो

कालो छ मुखमा टालो कानमा नैतुना कसि

लाग्छ की मुखमा जालो केहि कामै नगरेपछि

कसरी मिल्छ यो खाना बिना कामै बसीबसी

खानाका लागी नै काम गर्नु पर्छ घुँडा धसी

लाखौं मानिसको अहिले अकालै ज्यान गैसक्यो

संसारै त्रस्त भो एैले बाँचने छैन केहि निधो

कहाँ छन् रोगका ज्ञाँता नकुल धन्वन्तरीहरु

कोरोना भस्मनै पार्ने छैनन् केहि औषधिहरु

बैज्ञानीकहरुले सोचुन गरुन यो रोगको सामना

अकालै नपरोस मर्न गर्छु मंङ्गल कामना

-पोखरा ३२ गगनगौँडा कास्की

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १०:४२