६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

रेबानका अध्यक्ष प्रमोद जैसवाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश


१० फागुन, काठमाडौँ । रेष्टुरेन्ट एण्ड बार एसोसियन (रेबान) नेपालका अध्यक्ष प्रमोद जैसवाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गरेका छन । संगठन नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन हो । एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभागका प्रमुख सूर्य थापाले जैसवाललाई बिहीबार संगठनको कार्यालयमा भएको एक कार्यक्रममा संगठनमा प्रवेश गराए ।

जैसवाललाई स्वागत गर्दै थापाले एमालेले देशमा व्यवसायिक वातावरणको सिर्जना गर्ने बताए । नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संगठन निटमा आवद्ध जैसवाल प्रतिष्ठित व्यवसायी हुन । कार्यक्रमा विभगका सचिव समेत रहेका संगठनका अध्यक्ष चन्द्र रिजाल पर्यटन बोर्डका पूर्व सदस्य घनेन्द्र श्रेष्ठ, राजेन्द्र सापकोटा, टानका पूर्व अध्यक्ष सीताराम सापकोटा, पर्यटन व्यवसायी हरि धरेल लगायत उपस्थित रहेका थिए । तस्बीर साभारः राजेन्द्र सापकोटाको फेसबुक ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १२:२९