१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नक्कली स्याम्पो र बीएमसी मसला बनाउने उद्योगमा प्रहरीकाे छापा, कराेडाैँकाे मेसिनसहित सञ्चालक पक्राउ


२७ कात्तिक, काठमाडौँ । काठमाडौँ प्रहरी परिसरले चन्द्रागिरी १५ तिनथानमा रहेको ‘नक्कली स्याम्पो र मसला उद्योगमा छापा मारेकाे छ ।भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर सञ्चालक बासु प्रसाद विडारी र उनकी धर्मपत्नी ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको छ ।

 

एसएसपी वसन्त लामाले काठमाडौँकाे चन्द्रागिरी- १५ तिनथानमा सञ्चालित नक्कली स्याम्पो र मसला उद्योगमा छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए । मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाउने गरेकाे सुचनाका अाधारमा अाफु त्यहाँ पुगेकाे र सञ्चालाक  बिडारीसहित उनकी श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएकाे एसएसपी  लामाले  बताए ।

महानगरीय प्रहरी वृत्त थानकाेटका डिएसपी कुमार विक्रम थापा,चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष उत्तम वहादुर राउत लगायतले समाजमा हुने अपराधीक गतिविधि विरूद्द खुलेर लाग्नु पर्ने वताए । नक्कली स्याम्पो र मसला उद्योगमा प्रहरीले सिलबन्दी गरेकाे छ ।
यसअघि प्रहरीले बालाजुमा रहेको नक्कली गुट्खा उद्योगमा पनि छापा मारेर मुद्दा चलाएको थियो ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार २०:१९