१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्रीको सचिवालयमा दुर्इजना थपिए, परराष्ट्र सल्लाहकारमा डा राजन भट्टरार्इ


२६ कात्तिक, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा अोलीको सचिवालयमा दुर्इ जना थपिएका छन । थपिनेमा डा राजन भट्टरार्इ र इन्द्र भण्डारी रहेका छन । भट्टरार्इ परराष्ट्र सल्लाहकार र भण्डारीलार्इ प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको छ । अाइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषाद् बैठकले भट्टरार्इ र भण्डारीलार्इ प्रधानमन्त्रीको सचिवालयमा थप्ने निर्णय गरेको हो ।

भट्टरार्इ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकारमा कार्यरत रहेका थिए । उनी गत निर्वाचनमा काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपाको तर्फबाट उम्मेदवार रहेका थिए । त्यस्तै भण्डारी प्रधानमन्त्री अोलीको अघिल्लो कर्यकालमा प्रमुख स्वकीय सचिवकै रूपमा कार्य गरिसेका व्यक्ति हुन ।

प्रधानमन्त्रीको सचिवलायका बारेमा अनेकखालका टिप्पणीहरू भैरहेका बेलामा भट्टरार्इ र भण्डारीको नियुक्तिले त्यस्ता गुनासो सम्बोधनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री अोलीले अाफूले सचिवालय चुस्त बनाउने भन्दै सुरूमा राजनीतिक, जनसम्पर्क र प्रेस सल्लाहकार तथा एक जना स्वकीय सचिवमात्र नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार १२:५८