१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तीन देशका लागि राजदूत सिफारिस, भारतका लागि निलाम्बर अाचार्य


२५ कात्तिक, काठमाडाैँ । सरकारले तीन देशका लागी राजदूत सिफारीस गर्ने निर्णय गरेको छ । अाइतबार राति प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि राजदूत सिफारिसको निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र युएईका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागी उदयराज पाण्डे र युएईका लागी कृष्ण ढकाललाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको म्याद थप्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार २१:५४