१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

निर्मला हत्याकाण्डः अनुसन्धानको घेरामा रहेकालार्इ विष्टले दिन्थे यस्तो निर्देशन (अडियोसहित)


२५ कात्तिक, कञ्चनपुर । निर्मला हत्याकाण्डसँग जोडिएका अधिकांश प्रमाण मेटाइएपछि प्रहरीले नै बलात्कारी–हत्यारासम्म पुग्ने कुनै सुराक नपाइरहेका अवस्थामा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्टले घटनामा शंकास्पद भनिएका युवाहरूसँग वयानमा जानुअघि यस्तो यस्तो भन्नु र वयानपछि के के भनिस भनेर कुरा गरेको अडियो टेप बाहिरिएको छ । दैनिक मानसखण्डले घटना सम्बन्धमा प्रहरीले केरकार र सोधपुछ गरेका व्यक्तिहरुबीच एसपी विष्टले छुट्टै गोप्य कुराकानी भएका पाँच वटा टेलिफोन कुराकानीका क्लिप प्राप्त गरेको छ ।

क्लिपमा शिशिर ठगुन्नासँग वर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणमा मिल्ने साथी साजन बुढाऐरको सम्वाद रहेको छ । चारैजना निर्मला हत्याकाण्डको अनुसन्धानको घेरामा रहेका छन् । त्यसका साथै डिल्ली विष्टका एक भतिजाले शिशिरसँग गरेको कुराकानी को क्लिप पनि प्राप्त भएको छ । जहाँ एसपी विष्ट यतिमात्र भन्नु भनेर सिकाइरहेका छन ।

शिशिर र अन्य तीनजनाबीच करिब दुई महिना अगाडि भएका टेलिफोन कुराकानीयुक्त ती क्लिप सुन्न यूट्यूबको लिंक क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार २०:११