४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

पर्यटनमन्त्री अधिकारीको विवादित बेलायत भ्रमण रद्द, लागेको भिसा समेत च्यातियो


–दुर्गा पुडासैनी

१७ कात्तिक, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको विवादित वेलायत भ्रमण रद्द भएको छ । हरेक वर्ष बेलायतको लण्डनमा हुने विश्वको प्रतिष्ठित वर्ल्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी हुन जान लागेका मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो ।

नियमविपरित स्वकीय सचिवलार्इ वेलायत लैजानका निम्ति पर्यटन बोर्डलार्इ दबाब दिएका मन्त्री अधिकारीले अाफ्नो भ्रमण रद्द भएपनि स्वकिय सचिवलार्इ भने बेलायत पठाएका छन । नोभेम्बर ५ देखि ७ सम्म लण्डनमा आयोजना हुने मार्टमा नेपालका व्यवसायीसहितको ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै अधिकारी त्यसतर्फ जाने तयारी गरेका थिए । तर बिडम्बना उनको भिसा नै च्यातिएपछि बेलायत जानबाट बञ्चित भएका छन ।

मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पृष्ठ नै च्यातिएको छ । युरोपियन मुलुकहरूको भिसाको काम गर्ने ललितपुरको भिएफएस ग्लाेबल नेपालले मन्त्री अधिकारीको भिसा च्याति दिएको हो । नोभेम्बर १ मा जारी भएको मन्त्री अधिकारीको भिसा जारी भइपछि च्यातिएको देखिन्छ । भिसा जारीभए पछि स्टिकर च्यात्ने र पछि भिसा कट्टी गरिएको छ। ‘सी भिजिट’ उल्लेख भएकाे मल्टिपल इन्ट्री भिसामा सन् २०१९ मे १ तारिकसम्म बहाल रहने उल्लेख छ।

भिसा स्टिकर टाँसेपछि च्यातिएको देखिन्छ। भिसा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको राहादनीमा हेर्न सकिन्छ । त्यसपछि भिसालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ। पर्यटन बोर्डका एक सदस्यका अनुसार उनले स्वाकिय सचिवलार्इ समेत तत्कालका लागि निजी खर्चमा पठाएका छन । मार्टमा सहभागी हुन जाने टोली शनिबार त्यसतर्फ उडेको छ । मन्त्री अधिकारीले बोर्डको खर्चमा स्वकीयलार्इ बेलायत लान खोजेपछि उनको भ्रमण नै विवादमा परेको थियो ।

यो पनि पढ्नुहोस् 

–पर्यटनमन्त्री अधिकारीको रमिता, नियम विपरित स्वकीयलार्इ वेलायत लैजान पर्यटन बोर्डलार्इ दबाब

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार १९:५२