१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सांसद निरु पालमाथिको आक्रमणको अनुसन्धान गर्न गठित समितिको संयोजक जोशीको सरूवा


७ असोज, काठमाडाैँ । नेकपाकी सांसद निरु पालको कञ्चटमा पेस्तोल तेर्साएर दीपकराज जोशीलार्इ प्रधानन्यायाधीश बनाउन माग गर्ने गतिबिधिका विषयमा छानविन गर्न बनेको समितिका संयोजकको सरूवा भएको छ ।

गृह मन्त्रालयले आक्रमणको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा गरेको हो । मन्त्रालयले उनको स्थानमा अशोक सिंहलाई पठाएको छ ।

तत्कालीन अवस्थामा संसदीय सुनुवार्इ विशेष समितिकी सदस्य रहेकी पाललार्इ बानेश्वरमा पेस्ताेल देखाएर अज्ञात समूहले दीपकराज जोशीको पक्षमा मतदान गर्न वा बैठकमा नजान भन्दै  धम्क्याएकाे थियाे।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार २१:२४