११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

निर्मला पन्तको बलात्कारकै दिन एसपी विष्टका छोराले मोडल बनाउने भन्दै फोटोसुट गरेको खुलासा


७ असोज, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेको खुलासा भएको छ । आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेको एभिन्युज टेलिभिजनले सार्वजनिक गरेको छ ।

त्यसैले पनि कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत रहेको आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो ।

तर सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ । होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ । निर्मलाको न्यायाका निम्ति एभिन्युज टेलिभिजनबाट साभार 

 

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार २०:०४