१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मलेसियामा रक्सीका कारण मृत्यु हुने नेपालीको संख्या ९ पुग्यो, तीनको मात्रै शव ल्याउन मिल्ने


७ असोज,  काठमाडाैँ । विषाक्त रक्सी सेवनका कारण मलेसियामा मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ । मलेसियामा विषाक्त रक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको  मलेसियाका लागि नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको छ । विषाक्त रक्सीका कारण प्रभावित भएका २४ जना नेपाली मध्येमा ९ जनाको ज्यान गइसकेको छ भने ६ जना उपचार गराएर फर्किएका छन् । मलेसियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

मलेसियाको स्थानीय समयअनुसार दिउँसोको दुई बजेसम्ममा मृत्यु हुनेको संख्या ३६ पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । ग्राण्ड रोयल, म्यान्डले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो बियरका कारण ज्यान गएको मलेसियन प्रहरीले बताएको छ । मलेसियाको स्वास्थ्य विभागले मृतकले खाएको रक्सीको गुणस्तर परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १८:३५