१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

७० वर्षमा सक्रिय राजनीतिबाट विश्राम लिने माधव नेपालको घोषणा


७ असोज, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ७० वर्षमा सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले  ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताए ।

उनले युवा पुस्तालार्इ नेतृत्वमा ल्याउन पनि अाफूहरूले बिश्राम लिनुपर्ने बताए । नेता नेपालले अहिले सरकारको समिक्षा गर्ने बेला नभैसकेको भन्दै  अालोचना नगर्न अाग्रह गरे । पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए । फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीचको एकता लामो छलफलपछि भएकाले मजबुत रहेको दाबी उनले गर्न भ्याए ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार ०८:३९