१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षक खुर्सिदको हत्याको कारण खुल्यो, अातंककारी गतिबिधिमा संलग्न रहेको खुलासा


४ असोज, काठमाडाैँ । सुनसरीमा बिहीबार हत्या गरिएका शिक्षक माैलाना खुर्सिद आलम अन्सारी अातंककारी गतिबिधिमा रहेको खुलासा भएको छ । भारतमा अातंकवादी क्रियाकलापमा संलग्न रहेका उनलार्इ भारतले मागेको थियो तर नेपाल प्रहरीले नदिएको पनि खुलासा भएको छ । खुर्सदले चार भारतीय अातंककारीलार्इ नेपाली नागरिकता र राहदानी दिएको समेत खुलासा भएको छ ।

उनले इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको थियो । ४ वर्षपछि बिहीबार हत्या भएको खुलेको हो । भारतीय आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको छ । भारतीय गुप्तचर संस्थाले आतंककारी संगठन इन्डियन मुजाहिद्दिनको नेता भएकाले निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेको केही महिनामै उनको हत्या भएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार २३:५०