७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल घुम्न अाएका विदेशी पर्यटक काठमाडाैँमै लुटिए


२७ भदाै, काठमाडाैँ । काठमाडौँको कीर्तिपुरमा नेपाल घुम्न अाएका इटालियन नागरिक लुटिएका छन् । प्रहरीका अनुसार लुटिनेमा इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डो रहेका छन । उनको ४ हजार ३ सय युरो लुटिएको छ । लुटिएको युरोको नेपाली मूल्य ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ हुने प्रहरीले जनाएको छ ।

सोमबार राति धादिङको रिजालथोक घर भइ हाल कीर्तिपुर–९, पाँगा दोबाटो बस्ने गोपी परियारको कोठामा गएको समयमा पर्यटक लुटिएका हुन ।  प्रहरीले दुई जनालाई पक्राउ गरेर घटनाको अनुसन्धानका गरिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १७:३३