६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापतिको भेटवार्ता, केसीसँग वार्ता गर्न देउवाको सुझाव


५ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिनुभएको छ ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार २२:३०