१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कमाउने धन्दाका लागि मेडिकल शिक्षालार्इ निजीकरण गर्ने यिनै माथेमा हुनः प्रा डा संग्राैला


५ साउन, काठमाडाैँ । कानुनका ज्ञाता प्रा डा युवराज संग्राैलाले तत्कालीन अवस्थामा कमाउने धन्दाका लागि मेडिकल शिक्षालार्इ निजीकरण गर्ने केदारभक्त माथेमाहरू नै रहेकाे बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो धारणा राख्दै प्रा डा संग्राैलाले विक्रम संवत २०४८ सालपछि शिक्षा नीति बनाउने र आठ ओटा मेडिकल कलेजलाई सम्बन्धन दिलाउने केदारभक्त माथेमा लगायत नै भएकाे भन्दै मेडिकल शिक्षालाई कमाउने धन्दाका लागि निजिकरण गरेर भ्रस्टाचार गरेकाे बताएका छ ।

उनले सबैसँग अाग्रह गरेका छन त्यतिबेला निजी मेडिकल कलेजालार्इ माथेमाले किन सम्बन्धन दिए र गाेविन्द केसीहरूले किन बिरोध गरेनन्, सोध्नुहोस माथेमा र केसीलार्इ। उनले २०४७ को संविधान जारी भएपछि नेपालमा नव उदारवादको रङ्ग पोतिएको र विश्वको अर्थतन्त्रलार्इ यसले गरिब बिरोधी, मानबिरोधी र न्यायीक संसारको अबधारणा बिरोधी बनाएकाे बताए ।

उनले कोल्ड वारको युग समाप्त भएपछि रेगानले “अब संसारमा मुल्य र मान्यातामा भिन्नता छैन” अर्थात अब बिश्व अमेरिकी अधिनमा छ भनेकाे स्मरण गर्दै त्यही समाजवाद बिरोधी उन्मादमा नेपालको शिक्षा निजीकरण का साथै व्यापारीकरणको षड्यन्त्रको शिकार भएको उल्लेख गरेका छन ।

प्रा डा संग्राैलाले शिक्षा ब्यापार हुन नसक्ने र शिक्षा सार्वजनिक सेवाको रुपमा राज्यको व्यवस्थापनमा संचालन हुनुपर्ने भन्दै शिक्षा निशुल्क हुनुपर्छ भन्ने नभएको तर सहज र सुलभ हुनुपर्ने बताएका छन ।

संग्राैलाको फेसबुक यहाँ पढ्नुहोस

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ०७:३७