१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रहरीलाई आक्रमण गर्न केसी समर्थकले यसरी जम्मा गरेका थिए ढुंगा


४ साउन, काठमाडौँ । चिकित्सक गोविन्द केसीको अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्वहरुले नियोजित रुपमा अराजकता मच्चाउने काम गरिरहेका छन । बिहीबार जुम्लामा भएको घटना पनि त्यस्तै देखियो । प्रहरी माथि नियोजित रुपमा आक्रमण गर्ने योजना बनाएर बसेको केसीका समर्थकले केही टिप ढुंगा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थुपारेर राखेका थिए ।

तस्बीरमा हेर्नुहोस् प्रहरीलाई अक्रमण गर्न थुपारिएको ढुंगा

प्रहरीलाई उत्तेजित बनाउने र त्यसपछि उक्त ढुंगाले प्रहरी माथि आक्रमण गर्ने तथा अस्पताल भित्रको टेबल कुर्सी र सिसा तोडफोड गर्ने मनसायमा केसीका समर्थक सफल पनि भएका छन । उनीहरूले अाफ्नो बलले भ्याएसम्म गरेका छन ।

केसी समर्थकको अाक्रमणबाट तीन प्रहरी घाइते भएका  छन भने उत्तेजित भिड नियन्त्रणमा लिनेक्रममा प्रहरीको लाठी चार्जबाट केही केसी समर्थक सामान्य घाइते भएका छन । अहिले सामाजिक सञ्जालमा प्रहरीलार्इ अाक्रमण गर्न थुपारिएको ढुंगाकाे फोटो भाइरल बनेकाे छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार ०८:०४