१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्री अोलीविरूद्ध ‘फेक न्युज’ उत्पादन गर्ने कारखाना चलाउँदै गगन थापा !


३२ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमोशनल ब्ल्याकमेलिङ गर्दै सही काम अघि बढाउन रोक्ने रणनीति बिपक्षी कांग्रेस, नयाँ शक्ति नेपाल र बिवेकशील साझा पार्टीले तय गरेको तथ्य खुलेको छ । सत्यको पक्षमा उभिने तर शक्तिसँग नझुक्ने इतिहास बनाउनु भएका प्रधानमन्त्री ओलीले अघि बढाएको राम्रो कामलाई जनतासम्म पुग्न नदिन बिपक्षीहरुले आफ्ना संयन्त्रमार्फत गलत अफवाह फैलाएर इरिटेड बनाउँदै समृद्धिको योजनामा सकेसम्मको अवरोध सिर्जना गर्ने योजना अघि बढाएका हुन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई इरिटेड बनाउने जिम्मा कांग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक स्रोतसहित सेलिब्रेटी नेता गगन थापालाई दिनुभएको छ । पोखरामा भएको नेबिसंघ महाधिवेशनमा आफूले सुभापति हार्ने निश्चित भएपछि आफ्नै सहयोगी लगाएर माथिबाट आफूलाई नलाग्ने गरी ढुंगा खसाल्न लगाएर सेन्टिमेन्ट बटुल्ने र चुनाव जित्न आफ्नै कार्यकर्ता घाइते हुने गरी बिष्फोट गराउनसम्म पछि नपर्ने छवि बनाउनु भएकै कारण थापालाई बिशेष आर्थिक प्याकेजसहित देउवाले प्रधानमन्त्री ओलीबिरुद्ध अफवाह फैलाई इरिटेड बनाउने जिम्मेवारी सुम्पिएको स्रोतले बतायो ।

बुढानिलकण्ठ स्रोतका अनुसार गगनलाई आर्थिक ब्यवस्थापनसहित प्रधानमन्त्री ओलीलाई इरिटेड बनाइ राख्ने जिम्मा दिँदा आफ्नो बिरुद्धमा लाग्न समय नपाउने र उस्को इमेज पनि समाप्त हुने बिश्वास लिनुभएको छ । सोहीअनुसार देउवाले प्रवक्ता बिश्वप्रकाश शर्मा भएपनि गगनलाई बिशेष जिम्मा दिनुभएको हो । सोहीअनुसार डा. गोबिन्द केसीको आन्दोलन भडकाउनेदेखि कांग्रेस निकट कर्मचारीलाई ओली सरकार असफल बनाउन निर्देशन काम गगनले नै गरिरहनु भएको स्रोतले बतायो ।

‘गगन मिडियामा आउन जे पनि गर्छ, उसलाई ओलीलाई इरिटेड पार्ने जिम्मा दिएर पठाएको छु, त्यहीअनुसार उस्ले मिडियामा ओलीलाई इरिटेड पार्ने काम अघि बढाइसकेको छ,’ उपसभापति बिमलेन्द्र निधी, प्रवक्ता शर्मासहितका केही नेतासँग देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार डा केसीको आन्दोलनमा थापालाई अघि बढाउँदा र ओलीबिरोधी प्रचारको नेतृत्वदायी काममा लगाउँदा पार्टीभित्र आफूहरुलाई फाइदा हुने र गगनको छवि सकिने निचोडसहत यस्तो जिम्मा दिएको देउवाले बताउनु भएको थियो ।

देउवाबाट पाएको सोही जिम्मेवारीअनुसार गगनले आफ्नो फ्यान क्लवमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक ६० हजारको पानी पिउने गरेको सफेद झुट समाचार शेयर गराउनु भएको थियो । सो समाचारको हेडलाइन पनि गगन आफैले छानेको कतिपय अनलाइन सञ्चालक रहेका कांग्रेस निकट पत्रकार बताउँछन । झण्डै एक दर्जन अनलाइनलाई आर्थिक प्याकेजसहित सेलिब्रेटी नेता थापाले यस्तो अपवाह फैलाउन लगाई प्रधानमन्त्री ओलीलाई इरिटेड पार्न खोजेका हुन ।

‘ओलीको बिषयमा सवै नभएको समाचार मात्रै लेख्नु, जे गर्दा इरिटेड हुन्छन, त्यही गर्नु, ताकी ओलीले बाध्य भएर अनलाइनमाथि कडा कानून बनाउन बाध्य हुनेछन, त्यही हतियार समातेर ओली सरकार अधिनायकवादी भयो भन्ने मुद्दा अन्तराष्ट्रियकरण गर्न पाइयोस,’ नेपाल प्रेस युनियनका आफू निकट पत्रकारलाई थापाले दिएको निर्देशन उधृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रपतिले सवैभन्दा महंगो पानी पिउने गरेको समाचार पनि गगन थापाले नै लेख्न लगाएको ती पत्रकारले बताए । ‘ओलीलाई इरिटेड बनाउने काम अघि बढाउन गगन दाइले हामीलाई भन्नुभएको छ,’ प्रेस युनियनका एक नेता भन्छन । उनले भावी अध्यक्ष र पदाधिकारी बनाइ दिने भन्दै एक दर्जन युनियनका नेतालाई आर्थिक सहयोगसहित ओलीबिरुद्ध इरिटेड बनाउने अभियानमा परिचालित समेत गरेको स्रोतको भनाई छ । त्यसो त थापा सिन्डिकेटधारी यातायात ब्यवसायीसँगसमेत तीन चरण बैठक बसेर सरकारलाई ठोक्ने योजना बनाएको स्रोतले बतायो ।

स्रोतका अनुसार थापाले सरकारले ब्यवसायीमाथि निर्मम प्रहार गरेकोले फुटाए राज गर्ने नीति लिनुपर्ने भन्दै सिन्डिकेट कायम राख्न सरकार अघि बढेको समाचार आफूनिकटबाट प्रचार गराउनु भएको स्रोतको भनाई छ । थापाकै योजनाअनुसार गृहमन्त्री रामबहादुर थापा र यातायात मन्त्री रघुबीर महासेठबीच लडाई देखिने गरी समाचार प्रकाशित गरिएको थियो ।

‘सरकारले सिन्डिकेटधारी यातायात ब्यवसायी समितिको बैंक खाता रोक्का गरी सम्पत्ति सुद्धिकरण आयोगमा छानविनको लागि पठायो, गगन दाईले सिन्डिकेट कायम राख्न सरकारले चाहेको छ भन्दै समाचार दिन भन्नुभयो, यही योजनाअनुसार काम भइरहेको छ,’ थापा निकट प्रेस युनियनका एक सदस्य भन्छन । उनका अनुसार एक हदसम्म थापा प्रधानमन्त्री ओलीलाई इरिटेड बनाउन सफल भएका छन ।

एक बोतल पानीको १५ हजार रुपैया पर्ने, सिन्डिकेट कायम राख्न चाहने, अबिरल बर्षापछि आएको बाढी पहिरोले डुवानमा परेको बासिन्दाको मजाक उडाउँदै ओलीको पानी जाहाज सपना पूरा भन्दै समाचार लेखाउने थापाको कामबाट प्रधानमन्त्रीलाई केही इरिटेड पार्ने काम भएको हो । शनिवार प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै कहाँ पाइन्छ १५ हजार रुपैया पर्ने बोटलको पानी भन्दै प्रश्न गरेपछि गगन सफल यात्रामा रहेको निश्कर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले निकाल्नु भएको छ ।

‘देख्यौं, ओली आफ्नै प्रतिवादमा उत्रन बाध्य हुनुपर्यो, अव मिसन बनाएर काम गर्न भन्दा जवाफ दिँदा हैरान हुनुपर्छ, ओलीलाई काम बिगार्ने एक मात्र अस्त्र इरिटेड बनाउने हो, भएको कुराले ओली इरिटेड हुन्नन, नभाको, नभाको लेखिदियो भने सधैं इरिटेड हुन्छन,’ आफू निकट केही नेतालाई देउवाको सुखियाली उधृत गर्दै स्रोतले भन्यो ।

पार्टी एकीकरणपछि सवै तहको सांगठानिक एकीकरण सम्पन्न नहुँदा सत्तारुढ दलका कार्यकर्ता पंत्तिः अन्यौलमा परेको र सरकारको प्रतिरक्षामा लाग्न पार्टीगत निर्देशन तत्काल नआउने भन्दै कांग्रेस र बिवेकशील साझाले प्रधानमन्त्री ओलीबिरुद्ध अनेकन झुटो प्रचार गरिरहेको छ । ‘जे गर्दा ओली इरिटेड हुन्छन, त्यही गर्नु’ भन्ने देउवा आदेशपछि थापाले गोयबल्स शैलीमा प्रधानमन्त्री ओलीबिरुद्ध एक दर्जन मिडियाकर्मी परिचालन गरेका छन जनताटाइम्स डटकम ले लेखेको छ ।

‘हुँदै नभएको कुरालाई समाचार बनाएर दियो भने ओली इरिटेड हुन्छन रे, त्यही गर्नुपर्छ, यसरी उनलाई इरिटेड पार्न सकिएन भने कुनै गल्ती गर्दैनन, त्यसो हुँदा आगामी चुनावमा कांग्रेस बढारिन्छ, यही मिसनका लागि अहिलेबाटै अघि बढन जरुरी छ,’ झुट प्रचार नगराउन सुझाउने युनियनकै केही नेतासँग थापाको भनाई उधृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार थापाले पछिल्लो समय पार्टीका आन्तरिक बैठकमा प्रधानमन्त्री ओलीले सरकारमाथि नियोजित आक्रमण भइरहेको तर प्रतिवाद नभएको बिचार राख्नु नै आफूहरुको सफलता भएको ब्याख्या गर्नुभएको छ ।

‘आन्तरिक बैठकमै सरकारले राम्रो काम गरेको छ, यस्तो काम गर्दा गर्दै सरकार माथि भएको आक्रमणको रक्षा गर्नुस भन्ने ओलीको भनाईले उनी बिस्तारै इरिटेड हुँदैछन भन्ने देखिन्छ, यही हो सफलता,’ थापाको निश्कर्ष सुनाउँदै स्रोतले भन्यो । समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन प्रधानमन्त्री ओली दैनिक १८ घण्टा खटिरहनु भएको छ । मन्त्री र सचिवहरुमाथि निगरानीसमेत अघि बढाउनु भएको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्री तथा सचिवहरुले ५० दिनको कार्यतालिका शनिबार सम्म प्रधानमन्त्रीलाई बुझाईसकेका छन् ।

यो काममा प्रधानमन्त्री लाग्दा कांग्रेस नेता थापा भने प्रतिबोटल १५ हजार मुल्य पर्ने पानी खाइरहेको अफवाह फैलाइरहनु भएको छ । थापाले अघि बढाएको यो अभियानलाई युनियनकै केही नेताहरुले निच कामको पराकाष्टा भन्ने संज्ञा दिएका छन । गगन दाई यतिसम्म निच काम पनि गर्नुहुन्छ भन्ने कल्पना थिएन, तर उहाँ त हदैसम्म गिर्नुहुँदो रहेछ,’ काठमाडौं प्रेस युनियनमा आवद्ध एक सदस्यले भने ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १३:५०