१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गोविन्द केसीको नाममा अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकलाई बर्खास्त गर्ने तयारी


३२ असार, काठमाडौँ । सरकारले डा गोविन्द केसीका नाममा अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्स केसीका नाममा सडकमा उफ्रेर बसेको भन्दै कारबाहीको तयारी थालेको हो ।

मन्त्रालयले कारबाहीको तयारी स्वरुप त्रिुभवन विश्वविद्यालयका उपकुलपति र शिक्षा अध्यक्षलाई पत्र लेखी तत्काल पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउन भन्दै निर्देशनात्मक पत्राचार गरेको छ । असार ३१ गते शिक्षमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउने निर्णय गर्दै त्यसका लागि त्रिवीलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

अब निर्णय कार्यान्वयन नगरी केसीको नाममा अस्पताल जवर्जस्ती बन्द गराएर आन्दोलन गरे त्यस्ता चिकित्सक र स्वास्थ्यकर्मीलाई छानीछानी बर्खास्त गर्ने त्रिवी स्रोतले जनाएको छ । सेवाग्राहीलाई नै असर गर्ने गरी अस्पतालमा बन्द हड्ताल गर्नेलाई पहिचान गरी बर्खास्त गर्न मन्त्रालयले सहमति दिएको जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार १२:०४