१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

राष्ट्रिय पर्यटन व्यवसायी संगठन एउटैमात्र हो, भ्रमका पछि नलागौँः अध्यक्ष आचार्य


९ जेठ, काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यले नेपाल कम्युनिष्ट पार्टीको पर्यटन संगठन एउटामात्रै रहेको जनाएका छन । सामाजिक सञ्जाल र केही व्लगहरुमा नयाँ संगठन खुलेको भनेर आएको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै आचार्यले भ्रमको पछि नलाग्न आग्रह गरेका छन ।

विज्ञप्ति मार्फत उनले भनेका छन ‘संगठन आफ्नो विधान अनुरुप क्रियाशिल भईरहेको छ र पर्यटनको बृहत्तर विकासको लागि आफ्नो गतिविधिहरु संचालन गरिरहेको छ । विगत केहि दिनदेखि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका विरुद्धमा विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा भ्रमपूर्ण समाचारहरु संप्रेषण भईरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । ति समाचारहरुमा कुनै सत्यता नभएकाले सबै पर्यटन व्यवसायीहरु सचेत रहनुहुन विनम्र अुनुरोध गर्दछौं । साथै, वाम विचारधारासंग आवद्ध पर्यटनसंग सम्वन्धित संगठनहरुसँग पार्टीको एकताका स्प्रीट र निर्देशन अनुसार छिटोभन्दा छिटो एकता गर्न प्रतिवद्ध रहेको समेत निवेदन गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टी समर्थन भनि विभिन्न सामाजिक संजालमा आएको समाचार पूर्ण रुपमा भ्रमक भएको कुरा पनि यो संगठन प्रष्ट पार्दछ । पार्टीको विधि प्रद्धति र संगठनको मर्यदा विपरित भ्रमक समाचार संप्रेषण नगर्न पनि अनुरोध गर्दछौं । भ्रमपूर्णतरिकाबाट हुने भनिएका कुनै पनि गतिविधिमा संलग्न नहुन संगठन अनुरोध गर्दछौं ।’

यसअघि संगठनमा मागेको पद नपाएपछि बाहिरिएको समूहले अर्को नयाँ संस्था जन्माएको छ । संगठनमा रोजेको पद नपाएपछि बाहिरिएको समूहले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा वैशाख १४ गते पर्यटन व्यवसायी संगठन नेपालको नाममा १५ सदस्यीय नयाँ संस्था दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

–एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायीले खोले नयाँ संस्था, सिताराम सापकोटा अध्यक्ष बन्न असफल

–एमाले निकट पर्यटन व्यवसायी संगठनमा सर्वसम्मत नेतृत्व चयन

–राष्ट्रिय पर्यटनमा सर्वसम्मत नेतृत्वको भित्री यथार्थ, कुर्सी प्रहारदेखि पदाधिकारीको राजिनामासम्म 

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०८:१३